सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढ्यो

जनपत्र
२९ श्रावण २०७९, आईतवार ११:५८

काठमाण्डाै – आज सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ ।

सुनको भाउ आज तोलाको ९७ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको शुक्रवार सुन तोलामा ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले बढेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*