गढीका २ वडामा खानेपानीको समस्या हट्दै

जनपत्र
१६ असार २०७६, सोमबार ०७:००

हेटौंडा । मकवानपुर गढीको दुईवटा वडामा पानी खुवाउनका लागि तीन तहका सरकारले लगानी गरेका छन् । गढी गाउँपालिकाको वडानम्बर २ गढी दरबार क्षेत्रमा र गढी ७ को सुकौराका वासिन्दाहरुलाई पानी खुवाउनका लागि तीनै तहका सरकारले लगानी गरेको हो ।

यहाँको खानेपानी योजनाका लागि तीन तहका सरकारले चालु आर्थिक बर्षमा मात्र ७० लाख रुपैयाँ लगानी गरेको छ । कुल चार करोड रुपैयाँ लागत स्टमेट रहेको यस योजनामा चालु आर्थिक बर्षमा ७० लाख रुपैयाँ लगानी गरिएको हो । आउँदो आर्थिक बर्षमा पनि क्रमागत रुपमा यो योजनामा लगानी गरेर काम गरिने भएको छ । सुकौराको ढुग्रेखोलाको मुहानबाट पानी ल्याउन लागिएको हो । करिब १७ किलोमिटर पाइप विच्छाएपछी मात्र गढी दरवार सम्म पानी ल्याइने गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले बताउनुभयो ।

पानी ल्याउने मुहान क्षेत्रमा अहिले ट्याङकी बनाउने काम भईरहेको छ । कुल चार करोड रुपैयाँ लाग्ने यस आयोजानका लागि गढी गाउँपालिका, प्रदेश ३ सरकार र संघिय सरकारको बजेटबाट काम भईरहेको छ । गढीमा खोनेपानीको यो ठुलो योजना हो । चालु आर्थिक बर्ष सकिन लाग्दा यस योजनामा केही स्थानमा पाइप बिच्याउने र ट्याङकी निर्माण हुने काम भइरहेको अध्यक्ष हुमागाईले बताउनुभयो ।
सुकौरा र पर्यटकिय क्षेत्र गढी दरबार क्षेत्रमा पानीको चरम अभाब भएपछी यो योजना निर्माण गर्न लागिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*