ईन्द्रसरोवरमा पत्रकारिता तथा भित्तेपत्रिका लेखन तालिम

जनपत्र
१६ असार २०७६, सोमबार ०६:२८

ईन्द्रसरोवर / आधारभूत पत्रकारिता तथा भित्तेपत्रिका लेखन तालिम मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका ४, फाखेलमा सम्पन्न भएको छ । ईन्द्रसरोवर गाउँपालिकाको आर्थिक सहयोग तथा बाल संरक्षण समिति, ईन्द्रसरोवर ४ ले कार्यक्रम आयोजना गरेको हो ।

ईन्द्रसरोवर ४ र ५ का बाल क्लबका १५ प्रतिनिधि सहभागी तीन दिने तालिममा पत्रकार अशोकसुजन श्रेष्ठले सहजिकरण गरेका थिए । तालिममा सञ्चारको परिभाषा, महत्व तथा प्रकार, आमसञ्चारको प्रमुख कामहरु, समाचारको परिभाषा, स्रोत, प्रकार, लेखन तथा तत्वहरु, अन्तरवार्ताको प्रकार, सम्पादकीय लेखन, भित्तेपत्रिकामा प्रकाशन गरिने सामग्रीहरु, साजसज्जा, भित्तेपत्रिकामा लेख्न हुने र नहुने कुरा लगायतका बिषयमा प्रशिक्षण दिईएको थियो ।

बाल संरक्षण समिति ईन्द्रसरोवर ४ की अध्यक्ष मञ्जु रुम्बाले तालिमको समापन गर्दै बालमैत्री गाउँपालिका बनाउने अभियानमा कार्यक्रमले सहयोग गर्ने बताईन् । समापन कार्यक्रममा ईन्द्रसरोवर गाउँपालिकाका बाल सहजकर्ता पुष्कल गोले सागर, ईन्द्रसरोवर ४ नम्बर वडा बाल क्लब सञ्जालका अध्यक्ष राजेन्द्र मोक्तान र कालिका बाल क्लबकी सदस्य सम्रिक्षा ब्लोनले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*